Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

पशुपन्छीजन्य उत्पादनमा देश आत्मनिर्भर भएको सरकारको घोषणा

पशुपन्छीजन्य उत्पादनमा देश आत्मनिर्भर भएको सरकारको घोषणा

  • बिहिवार, चैत्र १२ २०७७

  • 1.3K
    SHARES

  • पशुपन्छीजन्य उत्पादनमा देश आत्मनिर्भर भएको सरकारको घोषणा

    काठमाडौं । नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर घोषणा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रमका बीच धुलो दूध, घिउ, अण्डा र मासुजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्नुभएको हो ।

    कृषि मन्त्रालयका पशुपन्छी सचिव डा. प्रेमनारायण कँडेलका अनुसार संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मापदण्डअनुसार आवश्यकता र उत्पादनको अवस्थाका आधारमा यस्तो घोषणा गरिएको हो ।

    pashupanchhi.jpg

    प्रत्येक नेपालीलाई प्रति वर्ष आवश्यक पर्ने ४८ गोटा अण्डामध्ये नेपालको उत्पादन ५५ पुगेको छ । मासु तथा माछाको आवश्यकता प्रतिवर्ष क्रमश १४ किलो रहेकोमा मासु १८ र माछा ३.५ किलो रहेको मन्त्रालयले जनाएको छ ।

    यस्तै, दूधमा आत्मनिर्भर हुन वार्षिक न्यूनतम ९१ लिटर प्रतिव्यक्ति दूध उपलब्ध हुनुपर्नेमा प्रतिव्यक्ति उपलब्धता भने ७९ लिटर रहेको छ ।


    बिहिवार, चैत्र १२ २०७७०३:४९:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij