Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

४० वर्ष भारतमा जेलजीवन बिताएका दुर्गाप्रसादले पाए नागरिकता

४० वर्ष भारतमा जेलजीवन बिताएका दुर्गाप्रसादले पाए नागरिकता

  • बिहिवार, चैत्र १२ २०७७

  • 907
    SHARES

  • ४० वर्ष  भारतमा जेलजीवन बिताएका दुर्गाप्रसादले पाए नागरिकता

    काठमाडौं । विनासुनुवाई भारतमा ४० वर्ष जेलजीवन बिताएर स्वदेश फर्किएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैशी)ले नेपाली नागरिकता पाउनुभएको छ । उहाँले आज जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता लिनुभएको हो ।

    दुर्गाप्रसादलाई सहायक प्रमुख जिल्ला अधिकारी (सिडिओ) धरेन्द्र चापागार्इँ र प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुयालले नागरिकता प्रदान गर्नुभएको हो । दुर्गाप्रसादको परिवारले नागरिकताका लागि चासो देखाएपछि जिल्ला प्रशासन कार्यालयले पनि सहजीकरण गरिदिएको थियो ।

    योसँगै भारतमा क्षतिपूर्ति माग दाबीका लागि पहल गर्न भाइ प्रकाशचन्द्र तिम्सिना र भतिजा गोपाल तिम्सिनाको नाता प्रमाणीकरण प्रमाणपत्र पनि बनाइएको छ । उच्च अदालत कोलकाताले तिम्सिनाको परिवारले क्षतिपूर्ति मागे दिनू भनी आदेश दिएलगत्तै प्रक्रिया सुरु गर्न नाता प्रमाणिकरण गरिएको भाइ प्रकाशचन्द्रले बताउनुभएको छ ।

    ४० वर्षपछि भारतीय जेलबाट छुटेका दुर्गाप्रसाद यसै साता स्वदेश आइपुग्नुभएको थियो ।

    कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा विस्तार संस्थाको पहलमा उहाँलाई नेपाल पठाइएको थियो ।
    भारतको पश्चिम बंगालको दमदम करेक्सनल होम (सेन्ट्रल जेल)मा रहेका उहाँ कोलकाता उच्च अदालतको आदेश बमोजिम शनिबार छुट्नुभएको हो ।

    उहाँ इलाम माई नगरपालिका–१० लुम्बाकका स्थायी बासिन्दा हुनुहुन्छ ।

    दुर्गाप्रसाद सन् १९८० मा दार्जेलिङबाट एक महिलाको हत्या अभियोगमा पक्राउ पर्नुभएको थियो । यद्यपि उहाँमाथिको यो आरोप प्रमाणित भएको छैन । उनीविरुद्ध दार्जिलिङ पुलिसमा हत्या अभियोगमा जाहेरी दर्ता भएको प्रमाण छ ।

    दार्जिलिङका नैन घलेले आफ्नी श्रीमती हत्या अभियोगमा उनीविरुद्ध जाहेरी दिएको देखिन्छ । तर, दुर्गाप्रसादलाई फसाउन फर्जी जाहेरी दिएको उहाँकोे पारिवारिक स्रोतले दाबी गरेको छ ।

     


    बिहिवार, चैत्र १२ २०७७०१:१४:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij