Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सेप्टेम्बरदेखि इ–पासपोर्ट, अत्यावश्यक नपरी अहिले नबनाउन अनुरोध

सेप्टेम्बरदेखि इ–पासपोर्ट, अत्यावश्यक नपरी अहिले नबनाउन अनुरोध

  • बिहिवार, चैत्र १२ २०७७

  • 2.1K
    SHARES

  • सेप्टेम्बरदेखि इ–पासपोर्ट, अत्यावश्यक नपरी अहिले नबनाउन अनुरोध

    काठमाडौं । सरकारले अगामी सेप्टेम्बरदेखि इ–पासपोर्ट दिने भएको छ ।

    राहदानी विभागले इ–पासपोर्ट छाप्ने तयारी पूरा भइसकेकाले अब अत्यावश्यक नभइकन मेसिन रिडएबल पासपोर्ट (एमआरपी) नबनाउन र नवीकरण नगर्न भनेको छ ।

    विभागका प्रवक्ता राजेन्द्र पाण्डेका अनुसार इ–पासपोर्टको डिजाइनको काम पनि सकिइसकेको छ । उहाँका अनुसार इ–पासपोर्ट छाप्ने ठेक्का फ्रान्सको आइडेमिया कम्पनीले पाएको छ ।

    नयाँ पासपोर्टमा फिंगर प्रिन्टसहितको चिप्स हुने भएकाले नेपाली पासपोर्ट प्रयोगकर्ताले विदेशमा झन्झट झेल्नु नपर्ने उहाँले बताउनुभयो । अहिले संसारका १२० मुलुकले इ–पासपोर्ट जारी गरिसकेका छन् ।

    सेवाग्राहीले इ–पासपोर्ट बनाउँदा एमआरपी बनाउँदा जतिकै शुल्क तिरे पुग्ने पाण्डेले बताउनुभयो ।


    बिहिवार, चैत्र १२ २०७७०९:१५:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij