बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको तल्लो डुम्रे नजिकै पहिरो खस्दा सडक पुनः अवरुद्ध भएको छ । पाल्पाको तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै गएराति फेरि पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध हुन पुगको छ ।
बिहीबार राति पनि उक्त स्थानमा पहिरो खसेको थियो । पहिरोले सडकमा रोकिएको ट्रक पुरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताउनुभयो ।
ट्रक पुरिँदा मानवीय क्षति भए–नभएको यकिन नभएको डीएसपी गिरीले बताउनुभयो । पहिरो पन्छाउन बुटवलतर्फ र पाल्पातर्फबाट जेसीबी ल्याएर काम गर्ने तयारी भइरहेकाले सडक खुलाउन शनिबार दिनभर लाग्नसक्ने डीएसपी गिरीले बताउनुभयो ।