Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

१४ प्रतिशतले बढ्यो शेयर बजार, ५ अर्ब १४ करोडभन्दा बढीको कारोबार

१४ प्रतिशतले बढ्यो शेयर बजार, ५ अर्ब १४ करोडभन्दा बढीको कारोबार

  • मंगलवार, चैत्र १० २०७७

  • 789
    SHARES

  • १४ प्रतिशतले बढ्यो शेयर बजार, ५ अर्ब १४ करोडभन्दा बढीको कारोबार

    काठमाडौं - नेपाली बजारमा मंगलवार नेप्से परिसूचक १४ दशमलव ५७ प्रतिशतले बढेको छ ।

    त्यससँगै मंगलवार नेप्से परिसूचक २ हजार ५ सय २८ अंक कायम भएको नेपाल स्टक एक्सचेन्ञ्ज (नेप्से) ले जनाएको छ ।
    नेप्सेका अनुसार आज ५ अर्ब १४ करोड १८ लाख ९७ हजार १ सय ६९ रुपैयाँको शेयर किनबेच भएको छ ।

    आज होटल तथा पर्यटन समूह १५५, निर्जीवन बीमा १७४ र जलविद्युत समूह १२९ अंकले बढेका छन्। त्यसैगरी व्यापार समूह ३४६ अंकले नेप्सेले जनाएको छ ।

    त्यसैगरी बैंकिङ, विकास बैंक, फाइनान्स, उत्पादनसहित अन्य ११ र जीवन बीमा समूहको शेयर घटेको तथ्यांकले देखाएको छ ।
    यसदिन सर्वाधिक कारोबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ । कम्पनीको रू. ५२ करोड ६० लाख ९४ हजार बराबरको शेयर खरीदविक्री भएको छ । त्यसैगरी सबैभन्दा बढी अर्थात् साल्ट ट्रेडिङ कर्पोरशनको १० प्रतिशतले शेयर मूल्य वृद्धि भएको छ ।

    उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ११ हजार ५५० पुगेको हो । दोस्रोमा चन्द्रागिरी हिल्सको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता रू. १ हजार ७१९ पुगेको छ ।

    त्यसैगरी सबैभन्दा बढी पन्चकन्या माई हाइड्रोपावर कम्पनीको शेयर मूल्य ४ दशमलव १५ प्रतिशतले घटेको छ । उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १८५ मा झरेको हो । दोस्रोमा सप्तकोशी डेभलपमेण्ट बैंकको शेयर मूल्य ३ दशमलव ६१ प्रतिशतले घटेको छ ।

     


    मंगलवार, चैत्र १० २०७७०४:३३:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij