Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

पर्वतको क्वारेन्टाइनमा रहेका एक जनाको मृत्यु

पर्वतको क्वारेन्टाइनमा रहेका एक जनाको मृत्यु

  • शनिवार, श्रावण ३ २०७७

  • 804
    SHARES

  • पर्वतको क्वारेन्टाइनमा रहेका एक जनाको मृत्यु

    पर्वतको पैयुँ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक पुरुषको मृत्यु भएको छ । पैयुँ गाउँपालिका–६ मा घर भएका ती पुरुष स्थानीय तहले बनाएको सामुदायिक क्वारेन्टाइनमा बसेका थिए । उनी हिजो अचानक ढलेका थिए ।

    उनलाई तत्काल गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो । चिकित्सकले गयराति उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । उनमा उच्च रक्तचापको समस्या रहेको बताइएको छ ।


    शनिवार, श्रावण ३ २०७७११:३७:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij