Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

रुपन्देहीको मणिग्राम र तानसेनको पाल्पामा युनाइटेड फाइनान्सको नयाँ शाखा

रुपन्देहीको मणिग्राम र तानसेनको पाल्पामा युनाइटेड फाइनान्सको नयाँ शाखा

  • सोमवार, चैत्र ९ २०७७

  • 1.1K
    SHARES

  • रुपन्देहीको मणिग्राम र तानसेनको पाल्पामा युनाइटेड फाइनान्सको नयाँ शाखा

    काठमाडौँ – युनाइटेड फाइनान्सले आफ्नो २५औँ र २६औँ शाखा रुपन्देहीको मणिग्राम र तानसेनको पाल्पामा संचालनमा ल्याएको छ ।

    मणिग्राम शाखाको उद्घाटन उद्योग वाणिज्य संघ, तिलोत्तमाका अध्यक्ष गुणानिधि भण्डारी (माधव) र युनाइटेड फाइनान्स सञ्चालक प्रभा पाण्डेले गरेका थिए ।

    यस्तै पाल्पा शाखाको उद्घाटन तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाही र युनाइटेड फाइनान्सका सञ्चालक मनिष कुमार खेमकाले संयुक्त रुपमा गरेका थिए ।


    दुवै शाखाले आज देखि नै विधिवत रुपमा बैंकिङ कारोवार सञ्चालनमा ल्याएको कम्पनीले जानकारी दिएको छ ।

    नयाँ शाखा सञ्चालनमा आएसँगै फाइनान्सको शाखा कार्यालयको संख्या २६ पुगेको छ ।

    चुक्ता पुँजी तथा शाखा सञ्जालको हिसावले नेपालको सबै भन्दा ठूलो फाइनान्स कम्पनी युनाइटेड फाइनान्स लिमिटेडले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा विस्तार गर्दै आफ्ना ग्राहकहरुलाई सरल रुपमा बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।


    सोमवार, चैत्र ९ २०७७०८:१२:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij