Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

विदेशमा अलपत्र नेपालीकाे उद्धारका लागि आज ११ अन्तर्राष्ट्रिय उडान तथा अवतरण तय

विदेशमा अलपत्र नेपालीकाे उद्धारका लागि आज ११ अन्तर्राष्ट्रिय उडान तथा अवतरण तय

  • शनिवार, श्रावण ३ २०७७

  • 576
    SHARES

  • विदेशमा अलपत्र नेपालीकाे उद्धारका लागि आज ११ अन्तर्राष्ट्रिय उडान तथा अवतरण तय

    काठमाडौं ।  काेराेना महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश ल्याउन आज (शनिबार) ११ वटा अन्तर्राष्ट्रिय उडान तथा अवतरण तय भएका छन्।

    नेपाली स्वदेश ल्याउनका लागि विभिन्न एयरलाइन्सका ११ वटा चार्टर्ड उडान तय भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। नेपाल एयरलाइन्सका ५, हिमालय एयरलाइन्सका ३, एयर अरेबियाकाे १, कतार एयरवेजकाे १ र टर्किस एयरलाइन्सकाे १ उडान हुने छ।

    नेपाल एयरलाइन्सले रियाद, बहराइन, दाेहाबाट नेपाली ल्याउने छ भने दाेहा र दुबईका लागि प्रस्थान गर्ने छ। यस्तै हिमालय एयरलाइन्सले दाेहा, बहराइनबाट नेपाली ल्याउने छ भने अबुधाबी प्रस्थान गर्ने छ।

    अन्य तीन विमानकाे नेपाली ल्याएर फर्कने तालिका रहेकाे छ।


    शनिवार, श्रावण ३ २०७७०७:५७:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij