Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

ज्योति लाइफको आइपिओ शुक्रबार बाँडफाँड हुने, कतिले पाउँछन् ?

ज्योति लाइफको आइपिओ शुक्रबार बाँडफाँड हुने, कतिले पाउँछन् ?

  • सोमवार, चैत्र ९ २०७७

  • 861
    SHARES

  • ज्योति लाइफको आइपिओ शुक्रबार बाँडफाँड हुने, कतिले पाउँछन् ?

    काठमाडौँ – ज्योति लाइफको आइपिओ चैत १३ गते शुक्रबारका दिन बाँडफाँड हुने भएको छ। बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार सो दिन बाँडफाँड गर्नेगरी तयारी भएको छ।

    ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँडमा केही ढिलाई भएको छ। सामान्यतः आइपिओको बिक्री बन्द भएको एक सातामा बाँडफाँड हुँदै आएकोमा यसमा २ साताभन्दा बढी समय लाग्ने भएको छ।

    आवेदकको संख्या पनि यसमा हालसम्मकै उच्च थियो। १८ लाखले आवेदन दिएका छन्। कुल ६६ लाख कित्ता सर्वसाधारण समूहको सेयर जारी भएकोमा कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ। यसर्थ ५ लाख ९४ हजार जनाले मात्रै १० कित्ताका दरले सेयर पाउने छन्। करिब १२ लाखको हात रित्तो हुने भएको छ।

    ज्योति लाइफ इन्स्योरेन्स पछिबाट खुलेको नयाँ बीमा कम्पनी हो। नयाँ जीवन बीमा कम्पनीमध्ये यसअघि प्रभु र रिलायन्स लाइफले आइपिओ जारी गरिसकेका छन्।

    आइएमई, युनियन, रिलायबल, सिटिजन, सन नेपाल, सानिमा र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ जारी गर्न बाँकी छ। यी कम्पनीहरूले पनि क्रमश आइपिओ जारी गर्नेछन्।

    ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्म १ अर्ब ४४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १४ रुपैयाँ छ।

    प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३३९ रुपैयाँ छ। कम्पनीले दोस्रो त्रैमासिक अवधिमा १० करोड रुपैयाँ खुद नाफा कमाएको छ।

    जवकि गत वर्षको यसै अवधिमा ६ करोड ८९ लाख कमाएको थियो। कम्पनीलाई केयर नेपालले एनपी ‘बीबीबी’ रेटिङ प्रदान गरेको छ।

    यसले कम्पनीको वित्तीय स्थिति औसतभन्दा राम्रो रहेको जनाउँछ। पछिबाट खुलेको जीवन बीमा कम्पनीमध्ये यो कम्पनीको बिजनेस वृद्धिदर राम्रो देखिन्छ।


    सोमवार, चैत्र ९ २०७७०५:०९:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij