Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images
राष्ट्रपतिको बंगलादेश भ्रमण : समकक्षी हमिदद्वारा विमानस्थलमा स्वागत

बंगलादेशमा राष्ट्रपति भण्डारीलाई 'गार्ड अफ अनर’सहित २१ तोपको सलामी

बंगलादेशमा राष्ट्रपति भण्डारीलाई 'गार्ड अफ अनर’सहित २१ तोपको सलामी

  • सोमवार, चैत्र ९ २०७७

  • 842
    SHARES

  • बंगलादेशमा राष्ट्रपति भण्डारीलाई 'गार्ड अफ अनर’सहित २१ तोपको सलामी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणका क्रममा ढाका पुग्नुभएको छ । उहाँ आज बिहान नेपाल एयरलाइन्सको उडान नम्बर आर ए ००१ मार्फत ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो ।

    राष्ट्रपति भण्डारीलाई बंगलादेशी समकक्षी अब्दुल हमिदले विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

    राष्ट्रपति भण्डारीको स्वागतमा बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेन, स्वास्थ्यमन्त्री जाहिद मालिकी, रेलमन्त्री नुरुल इस्लाम सुजोन, विदेश राज्यमन्त्री मोहम्मद शाहरिरार आलमलगायत पनि उपस्थित हुनुहुन्थ्यो ।

    सोक्रममा राष्ट्रपति भण्डारीको सम्मानमा बंगलादेशी सेनाले ‘गार्ड अफ अनर’सहित २१ तोपको सलामी दिएको थियो ।

    विमानस्थलबाट राष्ट्रपति भण्डारी बंगलादेशको स्वतन्त्रता संग्रामका सहिदहरूको शालिकमा माल्यार्पण गर्न पग्नुभएको थियो ।

    राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति हमिदको निमन्त्रणा र बंगलादेशका राष्ट्रिय पिता बंगबन्धुको सयौं जन्मजयन्तीका अवसर पारेर बंगलादेश जानुभएको हो ।

    नेपालको राष्ट्राध्यक्षबाट ४२ वर्षपछि बंगलादेशको राजकीय भ्रमण हुन लागेको हो । तत्कालीन राजा वीरेन्द्र शाहले सन् १९७८ मा बंगलादेशको द्विपक्षीय भ्रमण गरेपछि राष्ट्राध्यक्षका रूपमा नेपालबाट भ्रमण भएको थिएन ।

     


    सोमवार, चैत्र ९ २०७७१२:०७:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij