Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images
कोभिडपछि पहिलो अन्तर्राष्ट्रिय पर्यटन प्रर्वद्धनमा पर्यटन बोर्ड

पर्यटन बोर्डसहित २५ वटा संस्था भारतमा हुने ‘साटे’मा सहभागि हुँदै

पर्यटन बोर्डसहित २५ वटा संस्था भारतमा हुने ‘साटे’मा सहभागि हुँदै

  • आइतवार, चैत्र ८ २०७७

  • 800
    SHARES

  • पर्यटन बोर्डसहित  २५ वटा संस्था भारतमा हुने ‘साटे’मा सहभागि हुँदै

    काठमाडौं । कोरोना महामारी (कोभिड–१९) ले थलिएको नेपालको पर्यटन प्रर्वद्धन गर्न नेपाल पर्यटन बोर्डले भारतमा आयोजना हुने साउथ एशियाज ट्रावल एण्ड टुरिजम एक्सचेन्ज (साटे)मा सहभागिता जनाउने भएको छ । मार्च २४ देखि २६ तारिखसम्म भारतको गे्रटर नोयडामा आयोजना हुने उक्त कार्यक्रममा बोर्डको नेतृत्वमा नेपाल वायुसेवा निगमसहित विभिन्न २५ वटा कम्पनी सहभागी हुनेछन् ।

    पर्यटन प्रर्वद्धनका लागि पहिले छिमेकी मुलकका बजारमा जाने रणनीतिअनुरुप बोर्डले साटेमा सहभागिता जनाउन लागेको पर्यटन बार्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीले जानकारी दिनुभयो ।

    ‘भारतमा पनि विस्तारै पर्यटकीय गतिविधि बढिरहेको छ । तर भारतले अझै धेरै मुलुकका लागि प्रवेशाज्ञा नखोलिरहेको सन्र्दभमा यो कार्यक्रममा नेपालको सहभागिता महत्वपूर्ण हुने अपेक्षा गरेका छौं’, उहाँले भन्नुभयो ।

    साटेको प्रभावकारिता हेरेर क्रमशः भारतका अन्य पर्यटन बजारमा पनि पर्यटन प्रर्वद्धनका कार्यक्रमहरुमा सहभागिता जनाइने सिइओ रेग्मीले जानकारी दिनुभयो । पछिल्लोपटक सरकारले नेपाल भारत यातायात सुचारु गर्ने निर्णय गरेको र यसअघि एअरबबल सम्झौता अनुरुप नेपाल भारत दुवै देशबाट दैनिक दुईवटा हवाई उडानसमेत भइरहकाले यो कार्यक्रम नेपालको पर्यटन प्रर्वद्धन गर्न सहयोगी हुने बोर्डको धारणा छ ।
    पर्यटन बोर्डले भारतीय पर्यटकहरुलाई नेपालमा आर्कषित गर्न सीमा क्षेत्र, हिल स्टेशन तथा अन्य पर्यटकीय स्थलहरुका छुट्टाछुट्टै रणनीतिको आवश्यकता पहिचान गरि सोही अनुरुपको रणनीति समेत बनाएको बोर्डका सिइओ डा. रेग्मीले जानकारी दिनुभयो ।

    भारतमा हुने साटेमा पर्यटनसँग सम्बन्धित क्षेत्रीय तथा अन्तरराष्ट्रिय पर्यटन उद्योग, बिक्रेता र पर्यटनसँग सम्बन्धित संघ संस्था तथा व्यक्तित्वहरुको सहभागिता रहने गर्दछ । भारत सरकारको पर्यटन मन्त्रालयको सहयोगमा हुने साटेलाई दक्षिण एशियाको महत्वपूर्ण पर्यटन एक्सचेन्ज मेलाका रुपमा लिने गरिन्छ । कोभिडको संक्रमण पछि नेपाल पर्यटन बोर्डले डिजिटल माध्यमबाट विभिन्न अनतरराष्ट्रिय मञ्चहरुमा नेपालको पर्यटन प्रर्वद्धनको काम गरेपनि भौतिक रुपमा सहभागिता जनाउने यो पहिलो कार्यक्रम हो ।

    नेपालले सन् ०२० मा जनवरी ८ देखि १० तारिखमा भारतको गे्रटर नोयडामै आयोजना भएको साटेमासमेत सहभागिता जनाएको थियो । गत वर्ष नेपालबाट विभिन्न ३६ वटा संस्था कम्पनीहरुले सहभागिता जनाएका थिए । यो वर्ष कोरानाको कारण सहभागि हुन जाने कम्पनीहरुको संख्या केही घटे पनि कोभिडको खोप आइसकेको अवस्थामा भारतीय बिक्रेतालाई विभिन्न प्याकेजमार्फत आर्कषित गरिने निजी क्षेत्रका सहभागिको धारणा छ । जसअनुसार सहभागि कम्पनीहरुले विभिन्न खालका प्याकेजसमेत तयार पारेका छन् ।

    List of Confirmed Participants:

    Nepal Tourism Board 

    Nepal Airlines

    1. Chhya Devi Complex Pvt. Ltd
    2. AIRWINGS TOURS AND TRAVELS PVT LTD
    3. Well Nepal Travel and Tours
    4. Fishtail Tours & Travel
    5. Soham Journeys Pvt. Ltd
    6. Tiger One Pvt Ltd
    7. GLOBAL ASIA TOURS AND TRAVEL P LTD
    8. OJHA HOLIDAYS TOURS & TREKS PVT.LTD
    9. Outdoor Expeditions Pvt. Ltd.
    10. LangtangRi Trekking & Expedition Pvt Ltd
    11. CHANDRAGIRI HILLS LIMITED
    12. Taleju Adventure Pvt. Ltd.
    13. Koili Travel Company pvt Ltd
    14. Apoorva Tours & Travel Pvt. Ltd.
    15. Jugal Holidays Pvt. Ltd
    16. Himalayan Club Tours & Travel
    17. Holiday Bookers Nepal Pvt. Ltd.
    18. Nepal Social Treks and Expedition
    19. Trekking Venue Nepal (P) LTD
    20. Bodhi Suites Boutique Hotel &Spa
    21. Kathmandu Holiday Tours & Travels Pvt. Ltd.
    22. Tripmandu Private Ltd.
    23. KGH
    24. Apex Nepal Treks & Tours

     

     

     

     

     





    आइतवार, चैत्र ८ २०७७०३:२७:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij