Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

युगाण्डाकी गायिका फामसीले पनि गाइन् ‘फूलबुट्टे सारी’ (भिडियोसहित)

युगाण्डाकी गायिका फामसीले पनि गाइन् ‘फूलबुट्टे सारी’ (भिडियोसहित)

  • आइतवार, चैत्र ८ २०७७

  • 2.4K
    SHARES

  • युगाण्डाकी गायिका फामसीले पनि गाइन् ‘फूलबुट्टे सारी’ (भिडियोसहित)

    काठमाडौं । युगान्डाकी गायिका डे क्याप्टेन वियोन्स फामसीले 'चर्चित' नेपाली गीत ‘फूलबुट्टे सारी’ गाएकी छिन् । उनले गीतको भिडियो पनि निर्माण गरेकी छिन् । भिडियोमा फान्सी आफैंले अभिनय गरेकी छिन् ।

    Capture.PNG

    ‘फूलबुट्टे सारी’ राजनराज शिवाकोटीको सिर्जना हो जसलाई मार्मिक लामाले गाएका थिए । यसपछि यसका विभिन्न भर्सन आएका छन् । जसमध्ये, फिमेल भर्सनमा मिलन अमात्य, लिजेण्डरी भर्सनमा मदनकृष्ण श्रेष्ठ र चाइल्ड भर्सन आरिष्मा शिवाकोटीले गाएका छन् ।

    यता, यो गीतका सर्जक राजनराज शिवाकोटीले भने आफूहरुसँग अनुमति नलिइ युगाण्डाकी गायिकाले यो गीत गाएको भन्दै असन्तुष्टि जनाएको खबर बाहिरिएको छ ।

    यद्यपि, वरिष्ठ हाँस्य कलाकार श्रेष्ठले भने गीत मनपरेको प्रतिक्रिया दिएका छन् ।

     


    आइतवार, चैत्र ८ २०७७११:५८:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij