Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

देशभर मनसुनी वायुको प्रभाव, सुदूरपश्चिमबाहेकका क्षेत्रमा भारी वर्षाको सम्भवना

देशभर मनसुनी वायुको प्रभाव, सुदूरपश्चिमबाहेकका क्षेत्रमा भारी वर्षाको सम्भवना

  • शनिवार, श्रावण ३ २०७७

  • 760
    SHARES

  • देशभर मनसुनी वायुको प्रभाव, सुदूरपश्चिमबाहेकका क्षेत्रमा भारी वर्षाको सम्भवना

    काठमााडौं। आज सुदूरपश्चिम प्रदेश बाहेक अन्य प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। साथै मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर अवस्थित छ।

    अहिले देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइहेको छ। आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।

    आगामी २४ घण्टामा देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। विभागका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै स्थान र  प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।


    शनिवार, श्रावण ३ २०७७०७:०६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij