Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

मौसम पूर्वानुमान : पहाडका केहि स्थानमा मेघगर्जन र चट्टयाङ्गको सम्भावना

मौसम पूर्वानुमान : पहाडका केहि स्थानमा मेघगर्जन र चट्टयाङ्गको सम्भावना

  • आइतवार, चैत्र ८ २०७७

  • 927
    SHARES

  • मौसम पूर्वानुमान : पहाडका केहि स्थानमा मेघगर्जन र चट्टयाङ्गको सम्भावना

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ।

    हाल देशका प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहि अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ।

    यसैगरी, आजको दिउँसोको मौसमको अवस्थामा पहाडी भूभागहरुमा आंशिकदेखी सामान्य बदली हुने र देशको बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

    यस्तै, पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    त्यस्तै, आज राति देशको पहाडी भूभागहरुमा आंशिक बदली रहनेछ। प्रदेश १ को पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।


    आइतवार, चैत्र ८ २०७७०७:२१:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij