Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कुखुराको उत्पादन घटेपछि मासुको मूल्य बढ्यो

कुखुराको उत्पादन घटेपछि मासुको मूल्य बढ्यो

  • आइतवार, चैत्र ८ २०७७

  • 982
    SHARES

  • कुखुराको उत्पादन घटेपछि मासुको मूल्य बढ्यो

    काठमाडौं । कुखुराको उत्पादन घटेपछि मासुको मूल्य बढेको छ ।

    गत माघ १६ गते काठमाडौंको तारकेश्वर नगरपालिकामा टर्की र हाँसमा बर्ड फ्लुको संक्रमण देखिएपछि प्रतिकिलो ३ सय ७० रुपैयाँबाट घटेर ३ सय ४० रुपैयाँ पुगेको कुखुुराको मासुको मूल्य त्यसयता पटकपटक बढ्दै अहिले प्रतिकिलो ३ सय ९० रुपैयाँ पुगेको छ ।

    मासु व्यवसायी संघले ३ सय ९० रुपैयाँ तोकेको भए पनि बजारमा व्यापारीहरूले प्रतिकिलो ४ सय रुपैयाँसम्म लिने गरेको पाइएको छ ।

    अहिले कुखराको उत्पादन घट्नुका साथै कुखुरालाई खुवाइने दानाको मूल्यसमेत बढेकाले मासुको मूल्य बढेको बताइएको छ ।

    मासु व्यवसायी संघका अध्यक्ष जंगबहादुर विसिले मासुको मूल्य बढ्नुमा कुखुराको उत्पादन घट्नु नै प्रमुख कारण भएको बताउनुभयो । उहाँका अनुसार हाल कखुराको उत्पादन ४० प्रतिशतले घटेको छ ।

    बन्दाबन्दीका समयमा नेपाली कुखुरा व्यवसायीले विदेशबाट माउ (प्यारेन्ट) चल्लाको आयात गर्न नसक्दा चल्ला उत्पादन घटेकाले तयारी कुखुराको उत्पादनसमेत घट्न गएको हो । ‘यसले नेपाली मासु बजारमा करीब ६ महिनासम्म असर गर्ने छ,’ उहाँले भन्नुभयो ।

    नेपालमा दैनिक ५ लाख किलो मासुको माग हुन्छ । काठमाडौं उपत्यकामा मात्र साढे २ देखि ३ लाख किलो मासुको खपत हुने गर्छ । तर, मासुको उत्पादन भने ४० प्रतिशतसम्म घटेको बताइएको छ ।

    उत्पादन घटेर चल्लाको अभाव बढ्दै गएपछि बोइलर चल्लाको मूल्यसमेत बढेको छ । प्रतिचल्ला ७० रुपैयाँबाट ९५ रुपैयाँ सम्म पर्न थालेको छ ।
    त्यसैगरी प्रतिचल्ला १ सय ४० रुपैयाँ पर्ने लेर्यस चल्लाको मूल्य अहिले १ सय ७० रुपैयाँ पुगेको छ ।

    यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।


    आइतवार, चैत्र ८ २०७७०७:०२:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij