Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

ओली कमजोर हुँदा एमाले बलियो बन्नै सक्दैँन : सांसद पोखरेल

ओली कमजोर हुँदा एमाले बलियो बन्नै सक्दैँन : सांसद पोखरेल

  • आइतवार, चैत्र ८ २०७७

  • 1.1K
    SHARES

  • ओली कमजोर हुँदा एमाले बलियो बन्नै सक्दैँन : सांसद पोखरेल

    काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद कृष्णभक्त पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली कमजोर हुँदा पार्टी बलियो नबन्ने दावी गर्नुभएको छ ।

    उहाँले पार्टी अध्यक्ष ओली बलियो बन्दा एमाले पनि मजबुत हुने बताउदँै सबै नेता एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।

    सांसद पोखरेलले संसद्लाई बलियो बनाउन आफु पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको शनिबारको संसदीय दलको बैठकमा सहभागी भएको स्पष्ट पार्नुभएको छ ।

    उहाँले संसदीय व्यवस्था भएको देशमा पार्टी अध्यक्षले बोलाएको संसदीय दलको बैठक बहिष्कार गर्ने माधव नेपाल समूहको निर्णय आफुलाई मान्य नभएको उल्लेख गर्नुभयो ।

    सांसद पोखरेलले आफु कुनै पनि पद पाउने आशामा ओलीले बोलाएको बैठकमा नगएको प्रष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता तथा सांसद पोखरेलले भन्नुभयो,“जतिखेर नेकपा थियो त्यतिबेलाको स्थिती एक प्रकारको थियो, अहिले सम्माननीय अदालतले एमाले पार्टीलाई ब्युँत्याइदिएपछि पार्टीको अध्यक्षलाई बलियो बनाउन र पार्टीलाई एकतावद्ध बनाउन अध्यक्षले बोलाउनु भएको संसदीय दलको बैठकमा सहभागी भएको हुँ ।”

    सांसद पोखरेलले एमालेका सबै सांसदहरु पार्टी एकताको पक्षमा रहेको दावी पनि गर्नुभयो ।


    आइतवार, चैत्र ८ २०७७०६:३८:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij