Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

पाकिस्तानी क्रिकेट टिमको कोरोना टेस्ट नेगेटिभ

पाकिस्तानी क्रिकेट टिमको कोरोना टेस्ट नेगेटिभ

  • बिहिवार, आषाढ १८ २०७७

  • 957
    SHARES

  • पाकिस्तानी क्रिकेट टिमको कोरोना टेस्ट नेगेटिभ

    एजेन्सी । इंग्ल्यान्ड भ्रमणमा रहेका पाकिस्तानी क्रिकेट टिमको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । इंग्ल्यान्ड पुगेपछि गरिएको परिक्षणमा खेलाडी तथा अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

    घरेलु टिमसँग टेष्ट र टी-ट्वान्टी सिरिज खेल्नका लागि पाकिस्तानी टिम आइतबार इंग्ल्यान्ड पुगेको थियो । त्यसपछि इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डले भ्रमणमा आएको पाकिस्तानी टिमको कोरोना परिक्षण गराएको थियो । यस अघि भ्रमणको तयारी गरिरहदा पाकिस्तानी टिमका खेलाडीलाई कोरोना संक्रमण देखिएको थियो ।

    पाकिस्तानले इंग्ल्यान्डसँग ३ खेलको टेष्ट र टी-ट्वान्टी सिरिज खेल्नेछ । खेल बन्द स्टेडियममा हुनेछ । पाकिस्तान अजहर अलीको कप्तानीमा इंग्ल्यान्ड भ्रमणमा निस्किएको हो ।दुई टोलीबीचको सिरिज जुलाई ३० मा सुरु हुनेछ । टी-ट्वान्टी सिरिज अगष्ट २९ देखि २ सेप्टेम्बरसम्म हुनेछ ।


    बिहिवार, आषाढ १८ २०७७०८:१७:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij