Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

आइतबारदेखि पाँच दिनसम्म भारी वर्षा हुने, विभिन्न ठाउँमा पहिरोको जोखिम, के छ सरकारको तयारी ?

आइतबारदेखि पाँच दिनसम्म भारी वर्षा हुने, विभिन्न ठाउँमा पहिरोको जोखिम, के छ सरकारको तयारी ?

  • शुक्रवार, श्रावण २ २०७७

  • 711
    SHARES

  • आइतबारदेखि पाँच दिनसम्म भारी वर्षा हुने, विभिन्न ठाउँमा पहिरोको जोखिम, के छ सरकारको तयारी ?

    काठमाडौं । साउन ४ गतेदेखि ५ दिनसम्म देशभर प्रायः सबै ठाउँमा पानी पर्ने सम्भावना देखिएको छ।

    जल तथा मौसम विज्ञान विभागको अहिलेसम्मको पूर्वानुमान अनुसार त्यस अवधिमा धेरैजसो ठाउँमा हल्का वर्षा हुने भएपछि कतिपय ठाउँमा भारी वर्षा हुने जनाएको छ।

    यसले पहाडी क्षेत्रका केही स्थानमा पहिरो र तराईका कतिपय ठाउँमा बाढी तथा डुबानको संभावना देखिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो। विपद् व्यवस्थापनमा संलग्न सुरक्षा निकायहरुलाई उद्धार तथा राहतका लागि तैनाथ गरिएको सरकारी अधिकारीको दाबी छ।

    सरकारी तथा गैरसरकारी निकायहरु, रेडक्रसकर्मीहरु तथा नीजि क्षेत्र समेत तयारी अवस्थामा राखिएको र विपद् आउनासाथ तुरुन्त परिचालन हुने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ। मौसम प्रणालीको अहिलेसम्मको विश्लेषणमा प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, तथा प्रदेश नं ५ का केही स्थानमा भारी वर्षा हुने देखिएको छ।

    कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशका थोरै भागमा भारी वर्षा हुने र धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।देशका एक दुई स्थानमा अती भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

    पाँच दिनसम्म पर्ने वर्षाले देशभरका साना, ठूला नदीहरुको जलसतह उल्लेख्य बढ्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ। केही नदीमा पानीले सतर्कता तह समेत पार गर्ने अनुमान गरिएको छ।

    प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग, खानी तथा भूगर्भ विभाग र जलस्रोत तथा सिँचाई विभागले संयुक्त रुपमा मनसुनको सम्भावित असरहरुको अनुमान गर्दै आएका छन्।

    यी पाँच दिन पहाडी भूभागका स–साना नदी नालामा समेत आकस्मिक बहाव बढ्ने संभावना भएकोले बाढी र पहिरोको कारण धेरै परिवार विस्थापित हुनसक्ने जनधनको ठूलो क्षति हुनसक्ने अनुमान गरिएको छ।

    नदी किनारमा र पहिरोको आसपासमा बसोबास गर्ने व्यक्तिले उच्चसतर्कता अपनाउन सरकारले अनुरोध गरेको छ। मनसुन सुरु भएयता परेको पानीले पहाड र चुरे क्षेत्रका अधिकांश भूभाग गलिसकेकाले अब पानी पर्दा पहिरोको संभावना बढी हुने प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले बताए।

    पहाडी क्षेत्रका पहिरोको जोखिम क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सुरक्षित ठाउँमा सर्न समेत आग्रह गरिएको छ। तराईमा पनि डुवान हुने खतरा भएकाले अहिले देखिनै सतर्क हुन आग्रह गरिएको छ।

    अहिलेसम्म क्षति : १०१ को मृत्यु, ५१ वेपत्ता
    यस वर्ष मनसुन सुरु भएपछि बाढी पहिरोका कारण १०१ जनाको ज्यान गएको छ। ५१ जना बेपत्ता रहेको र ४९ जना घाइते भएको गृहमन्त्रालय अन्तरगतको प्राधिकरणले जनाएको छ।

    प्राधिकरणको तथ्यांक अनुसार १३६ घरमा क्षती पुगेको छ। जेठ ३१ बाट सुरु भएको मनसुनका कारण असार १८ सम्ममा २४ जनाको ज्यान गएको थियो। २ जना बेपत्ता र १२ जना घाइते भएका थिए।

    त्यसपछि असार २५ को ठूलो वर्षाका कारण देशका बिभिन्न ठाउँमा ठूलो क्षति पु¥याएको छ। असार २५ देखि ६ दिनसम्म भएको वर्षाका कारण आएको बाढी पहिरोमा परी ७३ जनाले ज्यान गुमाइसकेका छन्।

    ४५ जना बेपत्ता र ३४ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ। साउनका दुई दिनमा ५ जनाको ज्यान गइसकेको छ। बिहीबार सिन्धुपाल्चोकमा र शुक्रबार कास्कीमा पहिरोमा परी स्थानीयको ज्यान गएको छ।

    सिन्धुपाल्चोकमा ३ जना अझै बेपत्ता छन्। दैलेखमा पहिरोमा परी ३ जना घाइते भएका छन्।


    शुक्रवार, श्रावण २ २०७७०३:१४:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij