काठमाडौं । खोला, नहर र कुलोमा डुबेर तीनजनाको मृत्यु भएको छ । सुनसरी, रामधुनी नगरपालिका ८ बस्ने अलाउदिन सेखको ९ वर्षीय छोरा अमिर सेखको सोही ठाउँस्थित सुनसरी खोलामा डुबेर मृत्यु भएको छ ।
गत सोमबार पौडी खेल्ने क्रममा खोलामा डुबेर बेपत्ता भएकामा प्रहरी चौकी डुम्राहाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा भोक्राहा नर्सिङ ४ स्थित सुनसरी खोलाकाउनको शव फेला पारेको हो ।
बाँके, नरैनापुर गाउँपालिका ४, खुदवास्थित नहरमा डुबेर सोही ठाउँ बस्ने प्रदीपकुमार भुजुवाको १० वर्षीया छोरी लक्ष्मीदेवीको मृत्यु भएको छ । नहरमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको हो ।
बारा, सिम्रौनगढ नगरपालिका ८, कचोर्वा बस्ने सञ्जय साहको ४ वर्षीय छोरा सन्दीप साहको घ अगाडि रहेको कुलोमा डुबेर मृत्यु भएको छ ।