Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

चलचित्र ‘ए'को छायाँकन सुरु (५ तस्बिरसहित)

चलचित्र ‘ए'को छायाँकन सुरु (५ तस्बिरसहित)

  • बुधवार, चैत्र ४ २०७७

  • 1.1K
    SHARES

  • चलचित्र ‘ए'को छायाँकन सुरु (५ तस्बिरसहित)

    काठमाडौँ । चलचित्र ‘ए’को छायाँकन सुरु भएको छ । विलभ्ड इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको सस्पेन्स् र थ्रिलर चलचित्र एको शुभ मुर्हत गरेर छायाँकन सुरु भएको हो ।

    A (1).jpg

    मंगलबार बिहान कलाकार रवि गिरीले मुर्हत टेक दिएर सुरु भएको चलचित्रको छायाँकन भने काठमाडौं, बनेपा र सागाँमा हुने निर्माण टिमले जानकारी दिएको छ ।

    A (3).jpg

    यस चलचित्रको मुख्य भूमिकामा प्रमोद अग्रहरि, सोहित मानन्धर, छोल्टिम गुरुङ्ग, रिस्ता बस्नेत र रवि गिरी रहेका छन् भने अन्य कलाकारमा प्रवीन खतिवडा, सिएम भारद्वाज, विकेश प्रजापति, सुरज विष्ट, समिक्षा क्षेत्री, अजित रेग्मी, विपिन कार्की र गिता विष्ट छन् । त्यस्तै, बालकलाकारमा जसिका घिमिरे, अभिमानसिंह बस्नेत, प्रतीक भुजेल र रुपेश थापा रहेका छन् ।

    A (2).jpg

    यो चलचित्रको पटकथा तथा सम्बाद भने भोमन कटुवाल र आकाश उखेडाको रहेको छ । चलचित्रको छायाँकंन मोहनकुमार झिल्लुले गर्ने भएका हुन् भने सक्पादनमा अनिलकुमार महर्जनको रहेको छ ।

    A (4).jpg

    यस चलचित्रको निर्देशन भने भोमन कटुवालले गर्दैछन् । चलचित्रमा प्रलाद काफ्लेको लगानी रहेको छ ।


    बुधवार, चैत्र ४ २०७७११:५२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij