Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images
बल्खु हत्याकाण्ड

जब बोराभित्र एक महिलाको शव भेटियो...

जब बोराभित्र एक महिलाको शव भेटियो...

  • मंगलवार, चैत्र ३ २०७७

  • 1.1K
    SHARES

  • जब बोराभित्र एक महिलाको शव भेटियो...

    काठमाडौं । काठमाडौंको बल्खुस्थित सुकुम्बासी बस्तीमा सोमबार साँझ स्थानीयहरु आ–आफ्नै काममा मस्त थिए । यसैबीच, एक व्यक्तिले एउटा बोरा देखे । त्यो सामान्यभन्दा भिन्न लाग्यो उनलाई । त्यहाँ उनले नियालेर हेरे । सो बोरामा प्याक गरिएको अवस्थामा एक महिलाको शव फेला देखेर उनी झशंग भए ।

    बोराबाट रगत बगेको देखेपछि ती स्थानीयले प्रहरीलाई खबर गरे । शव ३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाको रहेको प्रहरीले पुष्टि भयो ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहका अनुसार प्रहरी घटनास्थल पुग्दा सन्तोषीका श्रीमान् सन्तोष सापकोटा भने बेपत्ता भइसकेका थिए । त्यसैले, हत्यामा उनको संलग्न रहेको आशंका छ । सन्तोष र सन्तोषीबीच पारिवारिक विषयमा झगडा भइरने गरेको र सोही कारण हत्या गरिएको हुनसक्ने प्रहरी आशंका छ ।

    श्रीमानसँग राम्रो सम्बन्ध नभएपछि सन्तोषी माइतीघर जोरपाटीमा बस्न थालेकी थिइन् । सन्तोषीको हत्या आफ्नै कोठामा टाउकोमा ह्याम्मरले हानेर भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको दाबी छ ।

    प्रहरीका अनुसार हत्यापछि बोरामा शव प्याक गरेर घर नजिकै फालिएको अवस्थामा शव फेला परेको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।सन्तोषीका श्रीमान्को खोजी भइरहेको एसएसपी सिंहले बताएका छन् ।

     


    मंगलवार, चैत्र ३ २०७७०१:०६:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij