Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप सुरक्षित : डब्लुएचओ

अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप सुरक्षित : डब्लुएचओ

  • मंगलवार, चैत्र ३ २०७७

  • 1.2K
    SHARES

  • अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप सुरक्षित : डब्लुएचओ

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्धको खोप अभियान नरोक्न अपिल गरेको छ ।

    युरोपका विभिन्न देशहरुले अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप तत्कालका लागि लगाउन रोकेका बेला डब्लुएचओले अभियानलाई निरन्तरता दिन आग्रह गरेको हो ।

    खोप र ब्लड कल्टबिच कुनै सम्बन्धको प्रमाण नरहेको डब्लुएचओले जनाएको छ ।

    डब्ल्युएचओका सुरक्षा बिशेषज्ञहरुको टोलीले गरेको अध्ययन अनुसन्धानमा एस्ट्राजेनेकामा कुनै त्रुटी नभएको उसले स्पष्ट पारेको छ ।

    बिश्वका १ करोड ७० लाख मानिसले लगाइसकेको अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपले मानिसमा समस्या देखिएको भन्दैै बिश्वका विभिन्न राष्ट्रले यो खोपमा रोक लगाएका छन् ।

    यसैबीच डल्ब्लुएचओका स्वास्थ्य बिशेषज्ञहरुको बिशेष बैठक आज बस्ने भएको छ । अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपबारे छलफल गर्न बैठक बस्न लागेको हो ।


    मंगलवार, चैत्र ३ २०७७०८:२५:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij