Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

डिम्याट खाता खोल्नेको सङ्ख्या ३३ लाख नजिक

डिम्याट खाता खोल्नेको सङ्ख्या ३३ लाख नजिक

  • मंगलवार, चैत्र ३ २०७७

  • 1.2K
    SHARES

  • डिम्याट खाता खोल्नेको सङ्ख्या ३३ लाख नजिक

    काठमाडौं ।  डिम्याट खाता खोल्नेको सङ्ख्या ३३ लाख नजिक पुुगेको छ ।

    पछिल्लो समय निरन्तर सुधारतर्फ लागिरहेको सेयर बजार र सार्वजनिक सेयर निष्कासन (आईपीओ)मा सर्वसाधारणको आकर्षणले डिम्याट खोल्नेको सङ्ख्या बढिरहेको छ ।

    सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबारसम्म डिम्याट खोल्नेको सङ्ख्या ३२ लाख ११ हजार ४१६ पुुगेको छ । लिमिटेडका अनुसार झन्डै ३३ लाख डिम्याट खातामा छ अर्ब २६ करोड १८ लाख ३८ हजार ६०३ कित्ता सेयर रहेको छ ।

    फागुनमा मात्रै झन्डै चार लाख डिम्याट खाता थपिएका छन् । माघमा तीन लाख १० हजार ४१६ डिम्याट खाता थपिएका थिए ।

    सर्वसाधारणका लागि पछिल्लो समयमा हात खाली नहुने र ठूलो सङ्ख्यामा सेयर पर्नेगरी आईपीओ खुलाइएको नेपाल रिइन्स्योन्स कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कले आईपीओतर्फको आकर्षण बढाएका छन् ।

    सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यका अनुसार मेरो सेयर प्रयोगकर्ताको सङ्ख्या पनि २२ लाख १३ हजार ८०६ पुगेको छ ।

    माघमा मेरो सेयर प्रयोगकर्ता तीन लाख तीन हजार ३२४ थपिएकामा फागुनमा तीन लाख ३७ हजार ४४४ थपिएका थिए ।

    यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


    मंगलवार, चैत्र ३ २०७७०८:०८:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij