Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभाको कार्यव्यवस्था समितिको बैठक आज बस्ने

प्रतिनिधिसभाको कार्यव्यवस्था समितिको बैठक आज बस्ने

  • सोमवार, चैत्र २ २०७७

  • 620
    SHARES

  • प्रतिनिधिसभाको कार्यव्यवस्था समितिको बैठक आज बस्ने

    काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था समितिको बैठक आज बस्ने भएको छ ।

    सभामुख अग्निप्रसाद सापकोटाले दिउँसो २ बजेका लागि बैठक बोलाउनु भएको हो ।

    सभामुखको सचिवालयका अनुसार मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक आज डाकिएको हो ।

    पुनःस्थापनापछि पहिलोपटक फागुन २३ गते प्रतिनिधिसभाको बैठक बसेको थियो । २६ गते दोस्रोपटक प्रतिनिधिसभा बैठक बसेको थियो । दुवै बैठकका कार्यसूची तय गर्न बैठक बसेको थिएन । सत्तारूढ दलभित्रको विवादका कारण कार्यव्यवस्थाको बैठक बस्न नसकेको हो ।

    आजको बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एमाले, माओवादी केन्द्र, कांग्रेस र जसपालगायत दलका प्रतिनिधि बोलाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।


    सोमवार, चैत्र २ २०७७१०:५९:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij