Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

म्यानमारमा जारी हिंसामा थप ३८ जना प्रदर्शनकारीको मृत्यु

म्यानमारमा जारी हिंसामा थप ३८ जना प्रदर्शनकारीको मृत्यु

  • सोमवार, चैत्र २ २०७७

  • 965
    SHARES

  • म्यानमारमा जारी हिंसामा थप ३८ जना प्रदर्शनकारीको मृत्यु

    एजेन्सी । म्यानमारमा जारी हिंसामा थप ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

    नेतृ आङ साङ सूचीको दल नेशनल लिग फर डेमोक्रेसी (एलएडी) नेतृत्वमा रहेको दलको जननिर्वाचित सरकार अपदस्त गरेर सेनाले सत्ता लिएसँगै पछिल्लो एक महिनादेखि जारी हिंसामा प्रहरीको दमनमा थप २२ जनाको मृत्यु भएको हो ।

    सरकार विरोधी प्रदर्शन बढ्दै गएपछि मुख्य सहरहरुमा सुरक्षा व्यवस्था बढाइएको छ । आन्दोलनकारीले चिनियाँ स्वामित्वमा रहेको एक कपडा कारखानामा आक्रमण गर्दा चिनियाँ नागरिकहरु पनि घाइते भएका छन् ।

    आक्रमणलगत्तै चीन सरकारले आफ्ना नागरिकको सुरक्षा गर्न म्यानमार सरकारको ध्यानाकर्षणसमेत गराएको छ । उक्त कारखानामा आक्रमण भएलगत्तै सुरक्षाकर्मीले दमन सुरु गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले दावी गरेका छन् ।

    म्यानमारको मुख्य सहर याङगुनमा सुरक्षाकर्मीको दमनका कारण अन्य कयौं प्रदर्शनकारी घाइते भएको बीबीसीले जनाएको छ । अधिकारीहरुले सुरक्षाकर्मीको दमनका कारण घाइतेहरुको संख्या बढीरहेकाले मृतकको संख्या थप अझ बढ्न सक्ने आशंका व्यक्त गरेका छन् ।

    यता सरकारी अधिकारीहरुले पनि प्रदर्शनका क्रममा आफ्नोतर्फ पनि क्षति भएको दावी गरेको छ । उक्त प्रदर्शनमा एक जना प्रहरी अधिकृतको पनि मृत्यु भएको बताइएको छ । हालसम्म १२० जना भन्दाबढी प्रदर्शनकारीको मृत्यु भइसकेको बताइएको छ ।

    विरोध प्रर्दशन जारी रहेकाले सरकारले करिब एक हजार पाँच सय भन्न्दा बढीलाई पक्राउ गरी हिरासतमा लिएको बताइएको छ ।
    गत फेब्रुअरी १ देखि सूचीलगायत मुख्य नेताहरु सेनाको हिरासत र नजबन्दमा रहेका छन् ।


    सोमवार, चैत्र २ २०७७०७:५८:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij