Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

उपेन्द्र यादवले गरे ओलीसँग सत्ता सहकार्य नगर्ने खुलासा

उपेन्द्र यादवले गरे ओलीसँग सत्ता सहकार्य नगर्ने खुलासा

‘प्रतिगमनकारी ओलीसँग जसपाको साझेदारी हुनै सक्दैँन’
  • आइतवार, चैत्र १ २०७७

  • 862
    SHARES

  • उपेन्द्र यादवले गरे ओलीसँग सत्ता सहकार्य नगर्ने खुलासा

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता सहकार्यको सम्भावना नरहेको खुलासा गर्नुभएको छ ।

    उहाँले देशलाई असंवैधानिक दिशातिर धकेल्ने ओलीलाई प्रधानमन्त्री बनाइराख्न जसपा सकारात्मक नरहेको दावी गर्नुभयो ।

    नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष यादवले भन्नुभयोे,“प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनअपेक्षा पूरा नगरेर देशलाई अराजकतातिर धकेलेको छ, त्यसविरुद्ध हामी निरन्तर लागिपरेका छौँ ।”

    प्रधानमन्त्री ओलीको बर्हिगमनपछि मात्रै लोकतन्त्रको रक्षा गर्न सकिने उहाँले स्पष्ट पार्नुभयो । अहिले पनि जसपाले प्रधानमन्त्री ओलीसँग नभएर देशको सरकारसँग आफ्ना नेता कार्यकर्ताको रिहाइका लागि वार्ता गरिरहेको उहाँले जानकारी दिनुभयो ।

    प्रतिगमनकारीसँग जसपाको साझेदारी हुनै नसक्ने अध्यक्ष यादवले उल्लेख गर्नुभएको छ ।


    आइतवार, चैत्र १ २०७७०७:३०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij