Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

बजेटको तयारीमा सरकार

बजेटको तयारीमा सरकार

  • शनिवार, फाल्गुण २९ २०७७

  • 770
    SHARES

  • बजेटको तयारीमा सरकार

    काठमाडौं । सरकार आगामी आर्थिक वर्ष २०७८–७९ मा विनियोजन हुने बजेटको तयारीमा जुटेको छ ।

    संवैधानिक व्यवस्थाअनुसार आगामी १५ जेठमा प्रस्तुत हुने बजेटको समय आउन साढे दुई महिना मात्र बाँकी रहेसँगै सरकार नयाँ बजेट निर्माणको तयारीमा जुटेको हो ।

    अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारीलाई तीव्रता दिएको अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले बताउनुभयो । उहाँका अनुसार आगामी नयाँ बजेटका लागि आवश्यक राय, सल्लाह र सुझाव लिन विभिन्न संघसंस्थामा आबद्ध उद्योगी–व्यवसायीलाई सम्बोधन गरेर इमेलमार्फत पत्र पठाइएको छ ।

    उहाँले निजी क्षेत्रको सुझावअनुसार नै निजी क्षेत्रमैत्री बजेट ल्याइने तयारी गरिएको बताउनुभएको छ ।

    अर्थ मन्त्रालयले माग गरेअनुसार आफूहरूले बजेटमा समेट्नुपर्ने विषय समेटेर सुझाव दिने व्यवसायीहरूले बताएका छन् ।


    शनिवार, फाल्गुण २९ २०७७११:४५:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij