Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

संविधानको हत्या गर्न खोज्नेलाई क्रान्तिबाट पाखा लगाउछुँ: प्रचण्ड

संविधानको हत्या गर्न खोज्नेलाई क्रान्तिबाट पाखा लगाउछुँ: प्रचण्ड

  • शुक्रवार, फाल्गुण २८ २०७७

  • 986
    SHARES

  • संविधानको हत्या गर्न खोज्नेलाई क्रान्तिबाट पाखा लगाउछुँ: प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा संविधानको रक्षा गर्ने कि हत्या गर्ने बहस सुरु भएको बताएका छन् । शुक्रवार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानमा व्यवस्था भएको दलित र मधेसीका अधिकार हत्या गर्न खोजिएको समेत जिकिर गरेका हुन् ।

    “यो संविधानको रक्षा गर्ने कि हत्या गर्ने भन्ने बहस सुरु भएको छ । यो संविधानमा दलितहरुका निम्ति जे अधिकार सुनिश्चित गरिएको छ, तीनको परिमार्जन गर्ने कि हत्या गर्ने भन्ने बहस चलेको छ,” उनले भने ।
    दाहालले स्व। गिरिजाप्रसाद कोइराला र आफूले संयुक्त रूपमा जारी गरेको १२ बुँदे सहमतिका आधारमा आएको संविधानको हत्या गर्न खोज्नेलाई शान्तिपूर्ण क्रान्तिबाट पाखा लगाउने बताए ।

    नेकपा खारेज गरी एमाले र माओवादी केन्द्र ब्युँताइएको प्रसंगमा उनले आमाको कोखबाट जन्मिएको बच्चालाई पुनस् गर्भमा लैजाने तरिका गलत भएको उल्लेख गर्दै त्यस्ता कुराको कुनै तुक नरहेको जनाए ।

    अहिले सबै भन्दा ठुलो घेराबन्दी आफूमाथि भइरहेको भन्दै प्रचण्डले प्राप्त उपलब्धिलाई उल्टाउन आफूमाथि घेराबन्दी भएको बताए ।

    प्रचण्डले अहिले देश र देश बाहिरका शक्तिहरु परिवर्तनलाई उल्टाउन लागिरहेको बताउदै संसद पुनस् स्थापना पछि पनि यो क्रम जारी रहेको बताए ।

    प्रचण्डले भने, केहि अनिष्ट हुदै छ जस्तो देखिदै छ । हेर्दै जाऊ अझै के के यस्ता घटना देख्न्नु पर्ने हो ।ु


    शुक्रवार, फाल्गुण २८ २०७७०१:२९:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij