Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सिन्धुपाल्चोकको भोटेकोशी पहिरोः दुई जनाको शव भेटियो, तीन अझै बेपत्ता

सिन्धुपाल्चोकको भोटेकोशी पहिरोः दुई जनाको शव भेटियो, तीन अझै बेपत्ता

  • बिहिवार, श्रावण १ २०७७

  • 778
    SHARES

  • सिन्धुपाल्चोकको भोटेकोशी पहिरोः दुई जनाको शव भेटियो, तीन अझै बेपत्ता

    काठमाडौं । सिन्धुपाल्चोकको फुल्पिङकट्टीमा पहिरोले घर बगाउँदा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ ।

    भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा बुधबार राति आएको पहिरोले गेन्जिङ शेर्पाको घर बगाउँदा बेपत्ता भएका पाँचजना मध्ये दुई जनाको शव फेला परेको सिन्धुपाल्चोकका एसपी प्रज्वल महर्जनले जानकारी दिनुभयो । महर्जनका अनुसार ३४ वर्षीया निमास्याङ्बो शेर्पा र १६ वर्षीया आङ्जी शेर्पाको शव फेला परेको हो ।

    एसपी महर्जनका अनुसार ८४ वर्षीया सोमबुटी शेर्पा, ४८ वर्षीया सोमसाङ शेर्पा र १२ वर्षीया छिरिङ शेर्पाको खोजी भइरहेको छ । गेन्जिङ भने घरबाहिर रहेका कारण पहिरोबाट बच्न सफल भएको उहाँले बताउनुभयो ।

    सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले बेपत्ता तीनजनाको खोजी कार्य जारी राखेको उहाँले बताउनुभयो ।


    बिहिवार, श्रावण १ २०७७०४:१३:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij