काठमाडौं । राष्ट्रिय किसान आयोगले अध्यक्ष एवं सदस्य पदको मनोनयनको लागि दरखास्त आह्रवान गरेको छ ।
आयोगको रिक्त रहेको अध्यक्ष पद तथा २०७८ बैशाख ७ गतेदेखि रिक्त हुने सदस्य पदका लागि २१ दिनभित्र आवेदन पेस गर्न आयोगले बिहिबार (आज) सूचना प्रकाशित गरेको छ ।
आयोगले अध्यक्ष १ जना, किसान प्रतिनिधि सदस्य ३ जना (एक जना महिलासहित), कृषि सहकारीमा आबद्ध किसान सदस्य १ जना र कृषि विज्ञ सदस्य १ जनाका लागि दरखास्त आह्रवान गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कर्मचारी प्रशासन शाखा, बोर्ड संस्थान समन्वय डेस्क, सिंहदरवार काठमाडौंमा गोप्य शिलबन्दी आवदेन पेश गर्न सूचनामा आग्रह गरिएको छ ।