Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सिन्धुपाल्चोक पहिरोमा बेपत्ता २ जनाको शव फेला, तीन अझै बेपत्ता

सिन्धुपाल्चोक पहिरोमा बेपत्ता २ जनाको शव फेला, तीन अझै बेपत्ता

  • बिहिवार, श्रावण १ २०७७

  • 1.3K
    SHARES

  • सिन्धुपाल्चोक पहिरोमा बेपत्ता २ जनाको शव फेला,  तीन अझै बेपत्ता

    सिन्धुपाल्चोकमा पहिरोमा परि बेपत्ता २ जनाको शव फेला परेको छ । सिन्धुपाल्चोकको फुल्पिङकट्टीमा पहिरोले घर बगाउँदा बेपत्ता भएका दुई जनाको शव फेला परेको हो ।

    भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा आज बिहान आएको पहिरोले गेन्जिङ शेर्पाको घर बगाउँदा बेपत्ता भएका पाँचजना मध्ये दुई जनाको शव फेला परेको सिन्धुपाल्चोकका एसपी प्रज्वल महर्जनले जानकारी दिएका छन् । ३४ वर्षीया निमास्याङ्बो शेर्पा र १६ वर्षीया आङ्जी शेर्पाको शव फेला परेको प्रहरीले जनाएको छ । अझै तीन जना बेपत्ता छन् ।

    हराइरहेका ८४ वर्षीया सोमबुटी शेर्पा, ४८ वर्षीया सोमसाङ शेर्पा र १२ वर्षीया छिरिङ शेर्पाको खोजी भइरहेको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले बेपत्ता तीनजनाको खोजी कार्य जारी राखेको छ ।


    बिहिवार, श्रावण १ २०७७०३:०६:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij