Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

ओली आश्वासन सम्राट हुन : नेता श्रेष्ठ

ओली आश्वासन सम्राट हुन : नेता श्रेष्ठ

  • बिहिवार, फाल्गुण २७ २०७७

  • 879
    SHARES

  • ओली आश्वासन सम्राट हुन : नेता श्रेष्ठ

    काठमाडौं । जनता समाजवादी पार्टी जसपाका प्रभावशाली नेता राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आश्वासन सम्राटको संज्ञा दिनुभएको छ ।

    ओलीले आश्वासन धेरै काम कम गर्ने गरेको आरोप लगाउँदै उहाँले प्रधानमन्त्री ओलीलाई आश्वासन सम्राटको संज्ञा दिनुभयो ।

    नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता श्रेष्ठले भन्नुभयोे,“विगतका कुरा हेर्दा पनि अहिलेका प्रधानमन्त्री ओलीले हामीलाई धोका दिनुभएको छ, अब सहकार्य यत्तिकै गर्न मिल्दैंन, हाम्रो पार्टीका एजेण्डा र माग पूरा हुनैपर्छ ।”

    मुडको भरमा संसद् विघटन गर्ने ओलीलाई समर्थन गर्न जसपाले सोच्नैपर्ने उहाँको धारणा छ ।

    ‘उहाँले भन्नुभयो, विधिको शासन ढालेर व्यक्तिको शासन चलाउन खोज्नु हुन्छ, मुखमा राम राम बगलीमा छुरा छ ओलीजीको, उहाँ जनतालाई ठग्न पनि सीपालु हुनुुहुन्छ, सहकार्य अलि गाह्रो नै होला ।’

    सरकारमा कोसँग सत्ता समिकरण गर्न सकिन्छ भन्नेबारे निर्णय गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक छिट्टै बस्ने नेता श्रेष्ठको भनाइ छ ।

     

     

     


    बिहिवार, फाल्गुण २७ २०७७०६:४७:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij