काठमाडौं । अम्बिकाप्रसाद पौडेलले आसन्न नेपाल टेलिकमको निर्वाचनमा आफूले उमेद्वारी दिने घोषणा गर्नुभएको छ । उहाँले एक सञ्चालक सदस्यका लागि हुन लागेको निर्वाचनमा आफूले सर्वसाधारण शेयरधनीको तर्फबाट उमेद्वारी दिन लाग्नुभएको हो । निर्वाचन आगामी चैत २३ गते हुँदैछ ।
टेलिकमका लगानीकर्ता रहनुभएका पौडेलले सामाजिक सञ्चालमार्फत आफूले उमेद्वारी दिन लागेको घोषा गर्नुभएको हो ।
‘आगामी ०७७ चैत्र२३ गते हुन गइरहेको साधारणसभामा सर्वसाधारण शेयरधनीको तर्फबाट एक सञ्चालक सदस्यको निर्वाचन रहेको हुनाले सर्वसाधारण शेयरधनीको तर्फबाट मैले निर्वाचनमा सहभागी हुने इच्छा गरेको छु’, उहाँले फेसबुकमा लेख्नुभएको छ ।
आफूले सञ्चालकको रूपमा प्रतिनिधित्व गर्न सकेको खण्डमा टेलिकमलाई उत्कृष्ट सेवा प्रदायक, उत्कृष्ट नाफा गर्ने कम्पनी र लगानीकर्ताहरूलाई दिने प्रतिफलमा समेत अब्बल बनाउनका लागि समन्वयकारी भूमिका निभाउने प्रतिबद्धता ब्यक्तसमेत पौडेलले व्यक्त गर्नुभएको छ ।
‘नेपाल टेलिकममा मैले सञ्चालकको रूपमा प्रतिनिधित्व गर्न सकेको अवस्थामा सो को व्यावस्थापन र सरकारी निकायहरुबाट प्रतिनिधित्व गर्ने सञ्चालकबीच समन्वय कायम गर्दै मेरो लगानीसम्बन्धि ज्ञान, अनुभव र बुद्धि विवेकको उच्चतम् प्रयोग गरी नेपाल टेलिकमलाई उत्कृष्ट सेवा प्रदायक, उत्कृष्ट नाफा गर्ने कम्पनी र लगानीकर्ताहरूलाई दिने प्रतिफलमासमेत अब्बल बनाउनका लागि समन्वयकारी भूमिका निभाउने प्रतिबद्धता ब्यक्त गर्दछु’, उहाँको दाबी छ ।
यस्तो छ उहाँको फेसबुक स्टाटस :
