Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

नेकपा नाम विवादबारे सर्वोच्चको फैसला न्यायपूर्ण : कट्टेल

नेकपा नाम विवादबारे सर्वोच्चको फैसला न्यायपूर्ण : कट्टेल

‘अदालतले ओली र प्रचण्डको अस्तित्व जोगायो’
  • सोमवार, फाल्गुण २४ २०७७

  • 588
    SHARES

  • नेकपा नाम विवादबारे सर्वोच्चको फैसला न्यायपूर्ण : कट्टेल

    काठमाडौं । नेकपाको नाम विवादबारे सर्वोच्च अदालतले गरेको फैसला न्यायपूर्ण भएन भनेर प्रश्न खडा भइरहेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले भने सर्वोच्चको फैसलाको स्वागत गर्नुभएको छ ।

    अदालतले उक्त फैसला नगरेको भए अहिले देशको शुन्य अवस्था, सांसद् पनि नरहने र संसद् फेरि स्वतः विघटन हुन पुग्ने बताउँदै उहाँले सर्वोच्च अदालतको फैसला न्यायपूर्ण रहेको औंल्याउनुभएको छ ।

    नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष कट्टेलले भन्नुभयोे,“सर्वोच्चले ऐन नियमको रक्षा गर्दै नाम विवादबारे फैसला गरेको छ,अदालतले देशको हित र केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको साख बचाइदिएको छ, अस्तित्व जोगाइदियो त ।”

    जानी जानी कानुनसम्मतरुपमा पहिले नै दर्ता भइसकेको पार्टी कै नाम कपि गरेर नाम राख्नु त्रुटिपूर्ण भएको सर्वोच्चले पुष्टि गरिदिएको उहाँले बताउनुभएको छ ।

    आफु नेतृत्वको पार्टी विगत लामो समयदेखि छुट्टै आदर्श र निष्ठा बोकेर हिडेको बताउँदै उहाँले नेपाल कम्युनिष्ट पार्टी ओली र दाहाल कसैलाई नदिने स्पष्ट पार्नुभएको छ ।

    उहाँले आफ्नो पार्टीमा आउन चाहनेले सदस्यता फारम भर्नुपर्ने उल्लेख गर्नुभयो । अध्यक्ष कट्टेलले ओली र दाहालले जनताको जनादेशविपरीत गएर मुलुकलाई भद्रकोल बनाएको पनि टिप्पणी गर्नुभयो ।

    अहिलेका नेताहरुले संविधान आफुअनुकुल बनाएको पनि उहाँले आरोप लगाउनुभएको छ ।अहिलेको स्थितीमा देशलाई राजनीतिक समिक्षा आवश्यक रहेको पनि अध्यक्ष कट्टेलको भनाइ छ ।


    सोमवार, फाल्गुण २४ २०७७०६:३७:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij