Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्टयाङसहित वर्षाको सम्भावना

पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्टयाङसहित वर्षाको सम्भावना

  • आइतवार, फाल्गुण २३ २०७७

  • 1.4K
    SHARES

  • पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्टयाङसहित वर्षाको सम्भावना

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

    हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

    आज दिउँसो देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

    साथै, देशको पहाडी भूभागहरुको थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ । देशको केही उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    यस्तै, आज राति देशका पहाडी भूभागहरुमा सामान्य बदली भई बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुको पहाडी भूभागहरुको थोरै स्थानहरुमा तथा वागमती र प्रदेस १ का एक वा दूई स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    देशको केही उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।


    आइतवार, फाल्गुण २३ २०७७०८:३६:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij