Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

  • बिहिवार, श्रावण १ २०७७

  • 891
    SHARES

  • कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

    सुर्खेत । कर्णाली प्रदेश सरकारले आज (बिहीवार) सार्वजनिक बिदा दिएको छ । साउने संक्रान्ति तथा देउडापर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको हो ।

    आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै प्रदेशका १० वटै जिल्लामा सार्वजनिक बिदा दिइएको जनाएको छ । गत जेठ १२ गते बसेको प्रदेश मन्त्रिपरिषद बैठकले साउन १ गतेसहित सात दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

    सरकारले असार १५ गते धान दिवसका दिन र चैत १२ (जुम्लामा मात्र), साउने संक्रान्ति तथा देउडापर्वको अवसरमा साउन एक, प्रदेश स्थापना तथा सहिद दिवस भदौ चार, चन्दननाथ मन्दिरको लिंगो बोक्ने मेला (जुम्लामा मात्र), माघे संक्रान्ति माघ एक, चैते दशैं चैत शुक्ल अष्टमी, फोत्तोलो ल्होसारका अवसरमा तिथिअनुसार बिदा दिने निर्णय गरेको थियोे ।


    बिहिवार, श्रावण १ २०७७१२:११:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij