Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

मेलम्चीको पानी आज काठमाडौं झर्दै, प्रधानमन्त्री अवलोकनमा जाने

मेलम्चीको पानी आज काठमाडौं झर्दै, प्रधानमन्त्री अवलोकनमा जाने

  • शनिवार, फाल्गुण २२ २०७७

  • 990
    SHARES

  • मेलम्चीको पानी आज काठमाडौं झर्दै, प्रधानमन्त्री अवलोकनमा जाने

    काठमाडौं । मेलम्चीको पानी आज काठमाडौं झर्दै मेलम्चीको पानी शनिबार (आज) काठमाडौं उपत्यकामा झर्दै छ ।

    मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीका अनुसार आज अपरान्हसम्म मेलम्चीको पानी सुन्दरीजलमा झार्ने तयारी छ ।

    दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी सुन्दरीजल झर्ने निश्चित भएपछि साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओली अवलोकनमा निस्कने कार्यक्रम तय भएको छ ।

    सुन्दरीजल पुगेर प्रधानमन्त्री ओलीले मेलम्ची पानी झरेको दृश्य हेर्ने बताइएको छ ।गएको असारमा पहिलो पटक असफल भएपछि गत फागुन १० गते दोस्रो पल्ट मेलम्ची पानी पथान्तरण थालिएको थियो ।

    आयोजनाका अनुसार सुन्दरीजल झर्ने पानी आज रातभर वाग्मती नदीमा बगाइने छ । आयोजनाले वाग्मती आसपासका बासिन्दालाई पानीको सतह बढ्न सक्ने भन्दै यसअघि नै सचेत गराइसकेको छ । आज रातभरि वाग्मतीमा झर्ने पानी बुधबार बिहानै गेट बन्द गरेर मुहानस्थलतिरै फर्काउने आयोजनाले जनाएको छ ।

    सुन्दरीजलको गेट बन्द गरेपछि सुरुङ भरिन तीन–चार दिन लाग्ने खत्रीले बताउनुभएको छ । उपत्यकावासीले मेलम्चीको पानी खान व्यग्र प्रतीक्षा गरिरहेकाले सुरुङ भरिएपछि सीधै प्रशोधन केन्द्रमा खसाल्ने नयाँ कार्यतालिका तय गरिएको छ । त्यहाँ १७ करोड लिटर पानी क्षमताका दुईटा प्रशोधन केन्द्र छन् । मेलम्ची खानेपानीको सुरुङमार्ग साढे २६ किलोमिटर लामो छ । 


    शनिवार, फाल्गुण २२ २०७७०७:३१:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij