Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना संक्रमण, ८३ डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना संक्रमण, ८३ डिस्चार्ज

  • शुक्रवार, फाल्गुण २१ २०७७

  • 950
    SHARES

  • पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना संक्रमण, ८३ डिस्चार्ज

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण देखिएको छ। ६ हजार १४३ स्वाब नमूना परीक्षण गराउँदा १२० जनामा कोरोना संक्रमण देखिएको हो। संक्रमित हुनेमा ५१ महिला र ६९ पुरुष छन्। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६०८ पुगेको छ।

    यस्तै शुक्रबार थप ८३ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख हजार ७० हजार ७६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९८।६ प्रतिशत हो।

    देशभर सक्रिय संक्रमितको संख्या भने ८३२ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको मन्त्रालयले जनाएको छ। शुक्रबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।

    यस्तै अहिले ५८ जना क्वारेन्टिन र ८३२ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।


    शुक्रवार, फाल्गुण २१ २०७७०४:२८:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij