Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कोरोना अपडेट: २४ घण्टामा थपिए ८७ संक्रमित, ६२ जना संक्रमणमुक्त

कोरोना अपडेट: २४ घण्टामा थपिए ८७ संक्रमित, ६२ जना संक्रमणमुक्त

  • बुधवार, फाल्गुण १९ २०७७

  • 1.2K
    SHARES

  • कोरोना अपडेट: २४ घण्टामा थपिए ८७ संक्रमित, ६२ जना संक्रमणमुक्त

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ३ सय ९९ परीक्षणमा ८७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ३८१ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप ६२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ६ सय ५ रहेको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १० रहेको छ ।

    हालसम्म देशभर २१ लाख ७३ हजार ५ सय ११ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ५९ जना रहेका छन् ।


    बुधवार, फाल्गुण १९ २०७७०५:३३:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij