Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

पुरातात्विक तथ्य पत्ता लगाउन अयोध्यापुरीमा उत्खनन गरिने

पुरातात्विक तथ्य पत्ता लगाउन अयोध्यापुरीमा उत्खनन गरिने

  • बुधवार, आषाढ ३१ २०७७

  • 658
    SHARES

  • पुरातात्विक तथ्य पत्ता लगाउन अयोध्यापुरीमा उत्खनन गरिने

    काठमाडौं । सरकारले पर्साको ‘अयोध्यापुरी’ मा पुरातात्विक तथ्य पत्ता लगाउन उत्खनन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्यापुरी नै सक्कली ‘अयोध्या’ भएको दावी गरेपछि पुरातत्व विभागले चासो बढाएको हो ।

    अब त्यहाँ अध्ययन र पुरातात्विक खोज सुरु गर्ने विभागको तयारी छ । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि यसबारे अनुसन्धान गर्नैपर्ने अवस्था आएकोले उत्खनन गर्ने तयारी गरिएको हो ।

    विभागका अनुसार अयोध्यापुरीको उत्खनन अघि बढाउन थप बजेटको आवश्यक्ता पर्छ । थप बजेटको व्यवस्था गरेर अयोध्यापुरीका क्षेत्रमा अध्ययन अनुसन्धान र प्रमाणहरुको संकलनको काम गर्न सकिने उसको राय छ ।

    अहिले बाहिर आएका प्रमाणहरु आप्रामणिक रहेको भन्दै विभागका अधिकारीहरुले अयोध्यापुरीमा उत्खनन गरेपछि मात्रै भगवान रामको ‘जन्मभूमि’ थियो /थिएन भन्नेबारे स्पष्ट हुने बताउँछन् ।

    हाल अयोध्यापुरी क्षेत्रमा वाल्मीकि आमश्र छ । त्यहाँ रहेको एउटा गुफासहित विभिन्न पुराना सम्पदालाई श्री रामसँग जोडेर चर्चा गरिन्छ ।


    बुधवार, आषाढ ३१ २०७७०३:२८:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij