काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार आएको नर्भिक अस्पतालले जनाएको छ ।
भेन्टिलेटरमा उपचाररत जोशीको आज बिहानदेखि स्वास्थ्य अवस्थामा सुधारका संकेत देखिएका हुन । अस्पतालका अनुसार नर्भिक पुगेदेखि नै वेहोश रहेका उहाँले आज बिहानदेखि दायाँ हातखुट्टा अलि–अलि चलाउन थाल्नुभएको छ ।
चिकित्सकले बोलाउँदा उक्त हात खुट्टाका माध्यमबाट सङ्केत
गर्न थाल्नु भएको हो । अवस्था सुधारोन्मुख भएपनि उहाँलाई जोखिममुक्त भन्न नसकिने चिकित्सकको भनाई छ । पूर्वमन्त्री समेत रहनुभएका जोशीलाई बिहीबार राति मस्तिष्कघात भएको हो ।
शरीरको देब्रेपट्टी समस्या देखिएपछि उहाँलाई राति नै महाबौद्धस्थित् वीर अस्पताल लगिएको थियो । वीर अस्पतालमा लगिदै गर्दा उहाँ बोल्न सक्ने अवस्थामै हुनुहुन्थ्यो ।
वीर अस्पतालमा सिटी स्क्यान गर्दा मस्तिष्कमा रगत जमेको पाइएको न्युरो सर्जन डाक्टर राजीव झाले बताउनु भएको थियो ।
मस्तिष्कमा रगत जमेको पाइएपछि नेता जोशीलाई वीरबाट राति २ बजेर ४० मिनेटमा थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।