काठमाडौं । सत्तारुढ दल नेकपाओली समूहका नेताहरु आज पनि विहानै देखि विभिन्न छलफलमा सक्रिय भएका छन् ।
आगामी दिनमा पार्टीले लिने रणनीति, सत्ता सहकार्य, पार्टी विभाजनको बाँकी प्रक्रियालगायतलाई कसरी अगाडि बढाउने भन्ने बारेमा छलफलहरु केन्द्रीत भएको नेताहरुले बताएका छन् ।
छलफलका लागि हिजोदेखि सुरु भएको स्थायी कमिटीको बैठक आज पनि बस्ने तय गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले संसदीय दलको बैठक बोलाउनेलगायतका बारेमा निर्णय गर्ने नेताहरुको भनाई छ ।
यसअघि हिजो बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने र संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने छलफल भएको थियो । विश्वासको मत जित्नका लागि पर्याप्त छलफल र प्रयास गर्ने पनि ओली पक्षीय नेताहरुको तयारी छ ।