Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सरकार फेरबदलबारे संसद्ले निर्णय लिन्छ : नेता गुरुङ

सरकार फेरबदलबारे संसद्ले निर्णय लिन्छ : नेता गुरुङ

  • बिहिवार, फाल्गुण १३ २०७७

  • 719
    SHARES

  • सरकार फेरबदलबारे संसद्ले निर्णय लिन्छ : नेता गुरुङ

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहका नेता देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए सरकार फेरबदलका विषयमा संसद्ले उचित निर्णय लिने बताउनुभएको छ ।

    उहाँले सर्वोच्च अदालतको फैसलाअनुसार संसद्ले सरकारबारे निर्णय लिने जानकारी दिनुभयो ।

    नेपाली काँग्रेससँग लोकतान्त्रिक मूल्यमान्यताअनुरुप सहमतिका लागि दाहाल–नेपाल समूहले पहल गरिरहेको पनि नेता गुरुङले स्पष्ट पार्नुभएको छ ।

    प्रधानमन्त्रीले राजीनामा दिएर मुलुकलाई सहज प्रक्रियाबाट अगाडी बढ्न दिनुपर्ने उहाँको तर्क छ ।

    प्रधानमन्त्री ओलीसँग अब दाहाल–नेपालको सहकार्य हुने सम्भावना निकै कम रहेको पनि उहाँले खुलासा गर्नुभएको छ ।


    बिहिवार, फाल्गुण १३ २०७७०७:०८:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij