Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images
सरकार गठनको प्रक्रिया

निर्णायक काँग्रेस : देउवाको भरमा नेकपाका दुबै समूह

निर्णायक काँग्रेस : देउवाको भरमा नेकपाका दुबै समूह

  • बिहिवार, फाल्गुण १३ २०७७

  • 990
    SHARES

  • निर्णायक काँग्रेस : देउवाको भरमा नेकपाका दुबै समूह

    काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै बनेको नयाँ राजनीतिक ‘कोर्स’मा नेपाली काँग्रेस निर्णायक देखिने भएको छ । संसद् विघटनको निर्णय बदर भएर संसद् सुचारु भएसँगै सरकार गठनको प्रक्रियासमेत सुरु हुने छ ।

    सर्वोच्च अदालतले संसद् पुनस्र्थापनाको निर्णय गर्दा नै २४ फागुनभित्र संसद् बैठक आह्वान गर्न आदेश दिएको छ ।

    संसद् बैठक सुरु भएर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रक्रिया अघि बढ्दा काँग्रेसस अविश्वासको प्रस्तावमा वा विपक्षमा कता खुल्ने भन्ने चासो बढ्दो छ । हाल नेपाल कम्युनिस्ट पार्टीका केपी ओली समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल गरी दुवै समूह नयाँ सत्ता समीकरणका लागि काँग्रेसको साथ खोजिरहेका छन् ।

    अहिले काँग्रेस जता खुल्यो, उसकै सरकार बन्ने अवस्था देखिएको छ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले बुधबार काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सत्ता सहकार्यको प्रस्ताव गरेका छन् ।

    अध्यक्षद्वय बुधबार काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका थिए ।

    देउवासँगको भेटमा नेकपाका अध्यक्षद्वयले देउवासमक्ष प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउने र प्रस्तावका पक्षमा र सत्ता सहकार्यमा साथ दिन आग्रह गरेका थिए ।

    तर, उनीहरूको भेटलगत्तै आयोजित एक सार्वजनिक कार्यक्रममा सभापति देउवाले काँग्रेस ‘पर्ख र हेर’को अवस्थामा रहेको संकेत गरे ।

    आजको राजधानी दैनिकमा समाचार छ ।


    बिहिवार, फाल्गुण १३ २०७७०६:३७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij