सप्तरीमा डुबानमा परी कमजोर बनेका घरहरु भत्किएका छन् । वर्षाले सप्तरीको डाक्नेश्वरी नगरपालिका, महादेवा र तिलाठी कोइलाडी गाउँपालिकामा घरहरु भत्किएर क्षति भएको सप्तरी प्रहरीले जनाएको छ ।
खाँडोखोला किनारमा घर भएका महदेवा गाउँपालिकाका तीन जनाको घर खाँडोखोलाले भत्काएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाले बताउनुभएको छ ।
यसैबीच, आगामी तीन दिनसम्म लगातार भारी वर्षा हुने सम्भावना नरहेको मौसमविदले बताएका छन् । यद्यपि मनसुनी वायु कायमै रहेकाले आज दिउँसो एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना छ ।
गण्डकी प्रदेशमा पर्ने लमजुङको खुदीबजार र बेशीसहरमा पछिल्लो ३ घण्टा भारी वर्षा मापन भएकाले सो क्षेत्र भएर बहने साना खोलामा आकस्मिक बहाब तथा कमजोर भिरालो ठाउँमा पहिरो जान सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन भनिएको छ । काठमाडौं उपत्यकामा केही स्थानहरुमा मात्र हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
‘भारतसँग नेपालको सम्बन्ध अब फ्रिज भयो, ओलीको कार्यकालमा सुध्रदैन’
प्रधानमन्त्री केपी शर्मा ओलीबाट आएको तथ्यहिन अभिव्यक्तिहरुले भारतसँग सम्बन्ध अत्यन्तै गम्भिर मोडमा पुगेको नेताहरुले बताएका छन् । नेपाली वहसमा वोल्दै, नेकपा नेता भिम रावलले प्रधानमन्त्री ओलीको भनाई असान्र्दभिक र आफ्नो असफलता ढाकछोप गर्ने मुर्खतापूर्ण दुस्साहस भएको बताउनुभएको छ ।
अहिले जारी भएको नेपालको नयाँ नक्सा र भारत सरकारले बनाएका तटबन्धका विषयमा गम्भिरतापूर्वक वार्ताको थालनी गर्नुपर्ने समयमा अयोध्या कहाँ थियो र राम कहाँ जन्मिए भन्ने विषयलाई विवादका रुपमा प्रधानमन्त्रीले ल्याउनु असान्र्दभिक र गैरजिम्मेवारीपूर्ण भएको उहाँको भनाइ छ ।