Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री कार्यालय सजाउन मात्र ४८ करोड खर्च !

प्रधानमन्त्री कार्यालय सजाउन मात्र ४८ करोड खर्च !

  • मंगलवार, फाल्गुण ११ २०७७

  • 1.9K
    SHARES

  • प्रधानमन्त्री कार्यालय सजाउन मात्र ४८ करोड खर्च !

    काठमाडौं । सरकारले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सजावटमा ४८ करोड रूपैयाँ खर्च गरेको छ ।

    २०७२ सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाइरहेको छ ।

    त्यसक्रममा प्राधिकरणले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सजावट र आवश्यक उपकरण जडानमा ४८ करोड रूपैयाँ खर्च गरेको हो ।

    प्राधिकरणका अनुसार प्रधानमन्त्रीको कार्यालयलाई सुविधासम्पन्न गराउन मेकानिकल, इलेक्ट्रिकल प्लम्बिङ, आइटीरसेक्युरिटी, फायर फाइटिङ, सेनिटरी, एयर कन्डिसिनिङ, सिसिटिभी, बगैंचा, फर्निसिङ तथा फर्निचर खरिदका लागि ४८ करोड खर्च भएको छ ।

    प्राधिकरणले सिंहदरबारका तीन मोहडा (पूर्वी, उत्तरी र दक्षिणी) पुनर्निर्माण गर्न भने ३९ करोड रूपैयाँ खर्च गरेको छ ।

    तर, प्रधानमन्त्रीको भवनको भित्री भाग सजाउन र केही सामान खरिदमा ४८ करोड रूपैयाँ खर्च गरिएको हो ।

    यो समाचार आजको नागरिक दैनिकमा छ ।


    मंगलवार, फाल्गुण ११ २०७७०७:१७:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij