Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सर्वोच्चले रिहा गर्ने आदेश दिएलगत्तै फेरि पक्राउ परे बास्तोला

सर्वोच्चले रिहा गर्ने आदेश दिएलगत्तै फेरि पक्राउ परे बास्तोला

  • सोमवार, फाल्गुण १० २०७७

  • 675
    SHARES

  • सर्वोच्चले रिहा गर्ने आदेश दिएलगत्तै फेरि पक्राउ परे बास्तोला

    काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई प्रहरीले सर्वोच्च अदालतेका गेटबाटै पक्राउ गरेको छ।

    बन्दीप्रत्यक्षीकरणको आदेशमा छाड्ने आदेश दिए पनि उनलाई बाहिर निस्कने बित्तिकै प्रहरीले फेरि पक्राउ गरेको हो।

    सोमबार सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको हो।

    थुनामा राख्दा बाध्यात्मक रुपमा पालना गर्नुपर्ने कानुनी कार्यविधि पालना नगरी म्याद थप माग गर्दा र दिँदा के कुन प्रयोजनको लागि म्याद थप गरिएको हो भन्नेसम्म पनि उल्लेख नगरी केवल फरक विचार र आस्था राखेका कारण पक्राउ गरेको देखिएको सर्वोच्चले उल्लेख गरेको छ।

    सर्वोच्चले वास्तोलालाई थुनामा राख्दा न्यायिक दृष्टिकोणबाट उचित नदेखिने भन्दै बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको हो ।

    सर्वोच्चले वास्तोलालाई विना आधार र कारण थुनामा राखेकामा यसअघि पनि बन्दी प्रत्यक्षीकरण रिट जारी भएको र अहिलेसम्म थुनामा राखेको भन्दै असन्तुष्टि जनाएको छ ।

    अब पनि यही विषयमा थुनामा राखे नेपालको संविधानको धारा १२८ (४) र न्याय परिषद ऐन, २०७३ को दफा १७ बमोजिम कारबाही हुने पनि आदेशमा उल्लेख छ ।


    सोमवार, फाल्गुण १० २०७७०५:१९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij