Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

चार सहरमा फाइभजी सञ्चालनबारे सम्भाव्यता अध्ययन हुने

चार सहरमा फाइभजी सञ्चालनबारे सम्भाव्यता अध्ययन हुने

  • सोमवार, फाल्गुण १० २०७७

  • 830
    SHARES

  • चार सहरमा फाइभजी सञ्चालनबारे सम्भाव्यता अध्ययन हुने

    काठमाडौं । सरकारले देशका चार सहरमा फाइभजी सञ्चालनको व्यावसायिक सम्भाव्यताको अध्ययन गर्ने भएको छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तका अनुसार अति उच्च गतिको फाइभजीको व्यावहारिक प्रयोगका सम्भावनालाई समेत समेटेर अध्ययन गरिने छ ।

    अध्ययनको काम भने नेपाल टेलिकमले गर्ने छ । उहाँले काठमाडौँ, पोखरा, विराटनगर र वीरगञ्जमा यस्तो अध्ययन गर्ने सरकारको तयारी रहेको जानकारी दिनुभयो ।

    डिजिटल नेपाल कार्यक्रमले समेटेका कतिपय उद्देश्य पूरा गर्न फाइभजी प्रविधिको समेत आवश्यकता हुने भएकाले त्यससँगै जोडेर अध्ययन हुने उहाँले बताउनुभयो ।

    गत माघ २२ मा आयोजित कम्पनीको १७औँ वार्षिकोत्सव कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले चालू आर्थिक वर्ष २०७७-७८ भित्रै फाइभजी परीक्षणका लागि टेलिकमलाई निर्देशन दिनुभएको थियो ।

    सोही कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले फाइभजी सञ्चालनका लागि परीक्षण तथा अध्ययन गर्ने योजना उल्लेख गर्नुभएको थियो ।

    त्यस्तै यसको व्यावसायिक सञ्चालनका लागि प्रारूप तयार गर्ने योजना रहेको पनि उहाँले बताउनु भएको थियो । विश्वमा केही विकसित देशले परीक्षणका रूपमा फाइभजी सुरु गरे पनि यसको पूर्ण व्यावसायिक प्रयोग भने भइसकेको छैन ।

    सरकारले परीक्षणपूर्व नै त्यसमा हुने लगानी, लाभ र प्रयोगबारे स्पष्ट हुन अध्ययन गर्न खोजेको सहसचिव दत्तले बताउनुभयो ।

    आजको गोरखापत्र दैनिकमा समाचार छ ।


    सोमवार, फाल्गुण १० २०७७०७:१६:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij