Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले प्रदेशगत जिम्मेवारी तोक्यो

कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले प्रदेशगत जिम्मेवारी तोक्यो

  • आइतवार, फाल्गुण ९ २०७७

  • 901
    SHARES

  • कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले प्रदेशगत जिम्मेवारी तोक्यो

    काठमाडौं । नेपाली कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले प्रदेशगत जिम्मेवारी तोकेको छ।

    समितिको आइतबार बसेको बैठकले नेताद्धय आनन्दप्रसाद ढुंगाना र जीवन परियार प्रदेश नं. १ र २ को जिम्मेवारी दिइएको छ।

    वाग्मती र गण्डकी प्रदेशको जिम्मेवारी श्यामकुमार घिमिरे र प्रदिप पौडेललाई सुम्पिएको छ। कल्याणकुमार गुरुङ्ग र योगेन्द्र चौधरीले लुम्विनी, कर्णाली र सुदुर पश्चिम प्रदेशको सदस्यताको अध्ययन गर्ने भएका छन्।


    छानविन समितिले पार्टी केन्द्रले तोकेको मितिमा क्रियाशील सदस्यता नामावलीको सूची केन्द्रमा पठाउन जिल्ला कार्यसमितिसँग अनुरोध गरेको छ।

    समितिले केन्द्रीय कार्यालयमा सचिवद्वय डा. प्रदिप पराजुली (प्राविधिक तर्फ) र अधिवक्ता केशव रिजाल(९प्रशासन र निर्णय प्रक्रियातर्फ) सचिवमा नियुक्त गरेको छ।

    छानविन समितिको कार्यविधिलाई आवश्यक संशोधन र परिमार्जन गरी मस्यौदा पेश गर्ने जिम्मेवारी सचिव केशव रिजाललाई दिइएको छ।

    क्रियाशील सदस्यताको नामावलीको प्रमाणित सूची, सदस्यता शुल्क, सहयोग रकम सहितको सबै विवरण पठाउन निर्देशन मातहतका कार्यसमितिलाई निर्देशन दिइएको छ।


    आइतवार, फाल्गुण ९ २०७७०५:२९:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij