Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नौ लाख घुस लिएको आरोपमा डिभिजन प्रमुख पक्राउ

नौ लाख घुस लिएको आरोपमा डिभिजन प्रमुख पक्राउ

  • मंगलवार, आषाढ ३० २०७७

  • 1.1K
    SHARES

  • नौ लाख घुस लिएको आरोपमा डिभिजन प्रमुख पक्राउ

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा एक जना डिभिजन प्रमुखलाई पक्राउ गरेको छ। पक्राउ पर्ने जलस्रोत तथा सिंचाई विकास कार्यालय, खोटाङका डिभिजन प्रमुख नारायण काजी श्रेष्ठ हुन ।

    आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार निर्माणाधीन सिंचाई परियोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीबाट नौ लाख ३४ हजार रुपियाँ घुस लिएको अवस्थामा श्रेष्ठलाई नियन्त्रणमा लिइएको बताउनुभएको छ ।

    श्रेष्ठलाई आयोगको टंगालबाट खटिएको टोलीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ स्थित बेसक्याम्पभित्रको श्रेष्ठको निवासबाटै पक्राउ गरिएको हो । नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले बताउनुभयो ।


    मंगलवार, आषाढ ३० २०७७०४:२७:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij